कांग्रेस बैठक मंगलबार पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार पनि बस्ने भएको छ । गत शुक्रबारबाट सुरु भएको बैठक मंगलबार पनि बस्ने भएको हो । पार्टी कार्यालय सानेपामा जारी बैठक मंगलबार दिउँसो ३ बजे पुनः बस्ने गरी आजको लागि स्थगित भएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
