थप २१ जनामा कोरोना संक्रमण, ३१९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार २ सय ९९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रायका अनुसार, ५ हजार १ सय ५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १ सय ५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३१९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार १४२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार २०६ जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
