कांग्रेस केन्द्रीय समितिको बैठक जारी, चुनावी तालमेलबारे छलफल हुँदै

तु खबर संवाददाता
२०७८ चैत्र १४, सोमबार १३:४२

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो करिब १ बजेबाट मात्रै सुरु भएको हो । आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने जनाइएको छ । जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने कांग्रेसको तयारी छ । तयारी छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्

साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटिएकाबाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने बताइएको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् ।