कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १०:११

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने भएको हो । सो बैठकमा स्थानीय निर्वाचन केन्द्रित छलफल हुनेछ ।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा ‘घरघर जाऔं, नेपाली कांग्रेस जिताऔं’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ जारी छ । शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।

बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल हुने प्रवक्ता प्रकाशशरण महतले बताए । यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा छ । महामन्त्री गगन थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिइने छ ।