हात्ती लिएर भारत जाँदै गरेका माउतेसहित तीन पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार १७:११

पर्सा । नेपाल दुई वटा हात्ती लिएर भारत गइरहेका दुई माउतेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ का ६० वर्षीय बुद्धिराम महतो, ४० वर्य राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ का ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

उनीहरुलाई पर्सा पकहामैनपुर गाउँपालिका–५ बाट शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये आलम बिक्री वितरणमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

बिक्री वितरणको लागि हात्तीरू नेपालबाट भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । दुबै हात्ती र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाइने जनाइएको छ ।