कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ चैत्र ११, शुक्रबार ०८:१५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हाृ । सो बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

साथै बैठकमा स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ । त्यस्तै, कांग्रेस विधान अनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन् । केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो ।

कांग्रेसले अगामी बैशाखमा हुने स्थानीय तहको चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ ।