राक्सिराङ–८ मा कांग्रेसको संयुक्त टोल भेला

तु खबर संवाददाता
२०७८ चैत्र १०, बिहीबार १७:५६

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ स्थित महांकालमा नेपाली कांग्रेसको संयुक्त टोल भेला सम्पन्न भएको छ । भेला नेपाली कांग्रेस राक्सिराङ –८ का सभापति लोकमान पाख्रिनको अध्यक्षता तथा पार्टीका महासमिति सदस्य एवम् बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत महांकाल टोल, जागरुक टोल र सानो टोड्के टोलको संयुक्त भेला गरिएको हो । कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि एवम् राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, महासमिति सदस्य एवम् गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, कांग्रेस जिल्ला सदस्य खेम चेपाङ, जयबहादुर तितुङ, पूर्व जिल्ला सदस्य एवम् ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, तरुण दलका नेता निरशंकर लामा, ८ नम्बर वडा उपसभापति सूर्यबहादुर लोप्चन, कांग्रेस ६ नम्वर वडा सभापति राजकुमार प्रजा, ८ नम्बर वडा सदस्य राजु प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।