नेप्से २० अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । दुई दिन लगातार बढेको नेप्से परिसूचक आज २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३९ लाख ८१ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४३ लाख ९९ हजार २५३ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज व्यापार समूह र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक जीवन बीमा समूहको १२८.७ रुपैयाँले घटेको छ ।
