बागमती प्रदेशसभा बैठक सुरु

तु खबर संवाददाता
२०७८ चैत्र ८, मंगलवार १३:४८

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (मंगलबार) सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक करिब ४० मिनेट ढिलोगरी सुरु भएको हो । आजको बैठकमा ३ वटा विधेयकमाथि छलफल हुने जनाइएको छ । सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकमा यसअघि सदनमा पेश भएको विभिन्न ३ वटा विधेयकमाथि छलफल भएर समितिमा पठाइने कार्यसूचि रहेको छ ।

बैठकमा प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल भई त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गर्ने कार्यसूचि रहेको छ । उक्त विधेयक सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतको लागि पेश गर्ने जनाइएको छ ।