रुखको हाँगाले लागेर बालिकाको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रुखको हाँगाले लागेर एक बालिकाको मृत्यु भएको छ । आइतबार वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटी रहेका छन् । रुखको हाँगाले लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
