मानव अधिकार संगठन मकवानपुरको अध्यक्षमा श्रेष्ठ
मकवानपुर । नेपाल मानव अधिकार संगठन, मकवानपुरको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएकी छन् । संगठनको शनिबार भएको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएकी हुन् ।
यस्तै, संगठनको उप–सभापति राजबाबु पहाडी, सचिवमा सुवासचन्द्र अधिकारी, सह–सचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः अपेक्षा बस्नेत, श्रद्धा ढुङ्गाना, राजेश गरिब, बिमला नेपाली, इन्दिरा लुइटेल र तेजकुमारी थापा रहेका छन् ।
यस्तै, संगठनको सल्लाहकारमा कृष्णप्रसाद दाहाल, बासुदेव श्रेष्ठ, विजय वैद्य र विजेन्द्र अग्रवाल चयन भएका छन् । कार्यक्रममा निर्वाचन समितिको संयोजक कृष्णप्रसाद दाहाल, सदस्यमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौलागाईँ रहेका थिए ।
कार्यक्रम संगठनको अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षता तथा महामुनेश्वरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, सल्लाहाकार विजयकुमार वैद्य, सीआईसी प्रदेश प्रमुख रघुनाथ खराल, डिएलए अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायत मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
