कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चैत्र १२ गते हेटौंडा आउने

तु खबर संवाददाता
२०७८ चैत्र २, बुधबार १८:४२
file-photo

मकवनपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा यही चैत्र १२ गते हेटौंडा आउने भएका छन् । महामन्त्री शर्मा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ (ख) को आयोजनामा हुने एक दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन हेटौंडा आउने भएको क्षेत्रीय सचिव गोर्कण सुवेदीले जानकारी दिए ।

उनका अनुसार, चैत्र १२ गते प्रशिक्षण कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ (ख) को सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधि, क्रियाशील सदस्यहरुको सहभागितामा रहनेछन् । कार्यक्रममा महामन्त्री शर्मा र विरेन्द्र शाहले प्रशिक्षण दिनेछन् ।