स्थानीय निर्वाचन : साना दलहरुले आफ्नो चुनाव चिह्न पाउने
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा साना दलहरुले आफ्नो चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएको हो ।
राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो । तर, त्यसका लागि दलहरुले कुन–कुन जिल्लामा आफ्नो दलको संगठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्ने जनाएको छ ।
