स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा मिश्र

तु खबर संवाददाता
२०७८ चैत्र १, मंगलवार १५:३३

मकवानपुर । स्पोर्टस् यूनियन नेपाल, मकवानपुरको संयोजकमा नवीन मिश्र चयन भएका छन् । सोमबार भएको अन्तरक्रिया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको सदस्यहरुमा क्रमशः अमृत मिश्र, सन्ध्या आचार्य, आस्था ढुङगेल, सन्देश राई, छिरिङ लामा थिङ, अमृता मुक्तान, संजिव मिजार, सागर लामा, रमन झा र अमृत सुनार चयन भएका छन् । कार्यक्रम मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा स्पोर्टस् यूनियन नेपालका केन्द्रीय संयोजक बागमती प्रदेश सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य सीता लामाको प्रमुख आतिथ्यता भएको हो ।

नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष रवीन पोख्रेल, केन्द्रीय सह—सचिव सचिन लामा, जिल्ला अध्यक्ष राजाराम पोख्रेल र स्पोर्टस् एकेडेमी मकवानपुर जिल्ला अध्यक्ष प्रकाश सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।