साफ यू–२०नेपालले आज श्रीलंकासित खेल्दै

तु खबर संवाददाता
२०८२ श्रावण १, बिहीबार ०९:१९

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने भएको छ ।
प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो ।

मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो ।