प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा हुने
मकवानपुर । नेपाली कांग्रेस निकट पत्रकारहरूको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा हुने भएको छ । युनियनको आइतबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
बैठकले युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने गरी मिति तोकिएको हो । युनियनको महाधिवेशन यसअघि २०७१ भदौमा पोखरा महाधिवेशनमा भएको थियो । त्यसयता पटक– पटक मिति तोकिए पनि महाधिवेशन हुन सकेको छैन ।
