कांग्रेस सिन्धुपाल्चोक : सभापतिको लागि पुनः निर्वाचन हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन २९, आईतवार ०९:२०

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुने भएको हो ।

दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा सदर १ हजार ८ सय ६८ मतमध्ये सबैभन्दा बढी जंगबहादुर लामाले ७०५ मत प्राप्त गरेका थिए ।

दोस्रो स्थानमा रहेका वंशलाल तामाङले ६ सय २९ मत प्राप्त गरेका थिए भने सभापति पदका अर्का प्रतिस्पर्धी डा. प्रेमध्वज लामाले ४ सय ९३ मत प्राप्त गरेका थिए । वंशलाल संस्थापन इतरका उम्मेदवार हुन् भने जंगबहादुर र प्रेमध्वज संस्थापन पक्षका उम्मेदवार हुन् ।