थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य
काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टमा ५ हजार ६२ जनाको नमुना परीक्षण हुँदा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार २३८ पीसीआर परीक्षणमा ३० जना र २ हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ भने मृतकको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ५० रहेको छ ।
