वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन २८, शनिबार १०:१५

चितवन । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

प्रहरीका अनुसार, यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६÷७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो । पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य हुन् । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ ।