कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार
काठमाडौं । नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणमा भएको मतदानबाट नेता विमलेन्द्र निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् ।
सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन् । पजियारले १ हजार ७ सय ३५ मत र यादवले १ हजार ४६ मत प्राप्त गरेका थिए । पजियारलाई पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका दिनेश प्रसैलाले समर्थन गरेका थिए ।
