हेटौंडाका २ सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १८:४८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ मा विभिन्न पार्टी परित्याग गरी २ सयभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले हेटौंडा – १६  वडा कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी व्यक्त एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रम एमाले हेटौंडा–१६ का अध्यक्ष सागर बास्तोलाको सभाध्यक्ष्तामा तथा नेकपा एमालेका नेता एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । नवप्रवेशीहरुलाई प्रमुख अतिथि पौडेलले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदनकुमार दाहालले जानकारी दिए ।

कार्यक्रममा एमाले बागमती सदस्यहरु रघुनाथ खुलाल, कमल बिष्ट, एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ,नगर अध्यक्ष शालिकराम पुडासैनी, हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत, एमाले मकवानपुरको जिल्ला सचिवालय सदस्य मदनकुमार दाहाल, सदस्यहरु सुमित्रा काफ्ले, सन्तोष चौलागाईंलगायतको आतिथ्यता रहेको थियो ।