स्रोत नखुलेको करिब १९ लाख रुपैयाँसहित पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १७:२४

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको झण्डै १९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसाद रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमाण्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

भारतीय बजारबाट ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा गएको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएको अवस्थामा उक्त रकम बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।