पछिल्लो २४ घण्टामा थपिए ११२ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार १५:५६
filr-photo

काठमाडौं । नेपालमा थप १ सय १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय २८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार ८ सय १ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा र २ हजार ५ सय २७ एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय २९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० जना रहेका छन् ।