थप २२४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षणदा ६८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शून्य रहेको छ ।
पछिल्लो २४ घण्टामा २५१ जना संत्रमणमुक्त भएका छन् । ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।
