बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १५:५९

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार १.५४ अङ्कले बढेको नेप्से परिसूचक आज ३०.२९ अङ्कले घटेर २ हजार ५१४.६५ अङ्कमा रोकिएको हो ।

आज ४९ लाख ५९ हजार ११९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबर कारोबार भएको छ । यसअघि मंगलबार २ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो ।

यस्तै, आज बजारका सबै उप–सूचकांकहरू राताम्मे छन् । आज माउन्टेन इनर्जी नेपाल लिमिटेडका शेयर धनीले सबैभन्दा बढी अर्थात प्रतिकित्तामा ८५ रुपैयाँ कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात २५७ रुपैयाँ गुमाएका छन् ।