थप १९४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १८:३३
file-photo

काठमाडौं । नेपालमा थप १९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९४९ जनाको मृत्यु भएको छ भने ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।

हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ७५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।