जबरजस्ती करण गरेको आरोपमा शिक्षक पक्राउ
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।
ती शिक्षकले छात्रालाई गत बैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ ।
