थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार १८:०९
file-photo

काठमाडौं । नेपालमा थप ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ४६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ भने ९ लाख ५९ हजार ९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर संक्रमितको संख्या ६ हजार ४६१ जना रहेका छन् ।