कांग्रेस चितवन: सभापतिमा राजेश्वर खनाल निर्वाचित

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ०८:४५

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज (शनिवार) दोस्रो चरणको मतदान हुने भनिएको थियो तर प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले समर्थन गरेसंगै उनी निर्विरोध निर्वाचित भएका हुन् ।

पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । १०९ मत बदर भएको थियो ।