थप १२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनामा नुमना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् ।
