प्रहरी हौं भन्दै लुटपाट गर्ने ८ जना पक्राउ
काठमाडौं । प्रहरी होंं भन्दौ लुटपाट गर्ने ८ जना पक्राउ परेका छन् । हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका ८ जनालाई प्रहरीले पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देविप्रसाद धिताल, धुनेबेसी–३ धादिङका शंकर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा, शुक्लाफाँटा–४ कञ्चनपुरका सुवाष रतोकी, शुक्लाफाँटा–२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक–८ पाँचथरका भविन्द्र बेगा, नौमुले–५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र र गौमुखी–६ प्युठानका कमल सुनार रहेका छन् ।
गत फागुन १२ गते साँझ उनीहरूले काठमाडौं महानगरपालिका–१६ स्थित राजेन्द्र साँकीको फार्मेसीमा लुटपाट गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनीहरूले अबैध औषधि बिक्री गरेको भन्दै फार्मेसी संचालनलाई नियन्त्रणमा लिएर ६५ हजार रूपैयाँ लुटपाट गरेको प्रहरीको भनार्इ छ ।उनीहरूको साथबाट प्रहरीले ११ थान मोबाइल, ५ थान एटीएम, दुई थान चेक र एक थान घडी बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
