राप्रपाले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर आज धारणा सार्वजनिक गर्न लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए ।
उनका अनुसार, आजको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुनेछ । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ । बुधबारबाट सुरु भएको राप्रपाको बैठक आज सकिँदैछ ।
