जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सांसदलाई ५ दिनको म्याद थप
काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिएको जनाएको छ । बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
सांसद बानियाँले नेपालगञ्जको एक होटलमा जबरजस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।
