कांग्रेस मकवानपुरको सहसचिवमा न्यौपाने र बजगाईं विजयी

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार ०९:०७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं ‘निशान’ विजयी भएका छन् । गत सोमबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा न्यौपाने र बजगाईं सहसचिव पदमा विजयी भएका हुन् ।

सहसचिवमा विजयी भएका न्यौपानेले संस्थापन इतरबाट र बजगाईंले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । न्यौपानेले ८५० र बजगाईंले ५६२ मत प्राप्त गरेका छन् । सहसचिवमा मिरा स्याङतान ५२०, रत्नबहादुर गोले ४१४, अर्जुनप्रसाद तिवारी ३६२, कृष्णप्रसाद दाहाल २६९ र सुमन कार्की १२६ मतसहित पराजित भएका छन् ।

यसैगरी, पार्टीको सभापति, उपसभापति र सचिवमा भने यसअघि नै मतपरिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम अनुसार सभापतिमा बुद्ध लामा, उपभापति पदमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् ।