कांग्रेस मकवानपुरको सचिवमा महत र पाठक

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार ०८:३१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । गत सोमबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा महत र पाठक विजयी भएका हुन् ।

विजयी भएका दुबै जना  संस्थापन इतर पक्षका हुन् । महतले ८१३ र पाठकले ७३५ मत प्राप्त गरेका छन् । यसैगरी, सचिवका अन्य उम्मेदवारमा यतिराज सापकोटाले ५४८, अर्जुनप्रसाद चौलागाईले ३९७, प्रदिप कोइरालाले ३६८ र मानबहादुर पाटा मगरले २५० मत प्राप्त गरेका छन् ।

यसैगरी, पार्टीको सभापति र उपसभापतिमा भने यसअघि नै मतपरिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम अनुसार सभापतिमा बुद्ध लामा विजयी भएका छन् भने उपभापति पदमा आनन्द कठायत र धर्म लामिछाने निर्वाचित भएका छन् ।