कांग्रेस मकवानपुरको उपसभापतिमा कठायत र लामिछाने विजयी

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार ०८:१०

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट उपसभापति पदमा कठायत र लामिछाने विजयी भएका हुन् ।

कठायतले ६११ र लामिछानेले ६०६ मतसहित उपसभापतिमा विजय हासिल गरेका हुन् । यसैगरी, उपसभापतिका अन्य प्रत्यासीहरुमा रामबाबु बानियाँले ४८७, भिम लामाले ४६३ र रमेश गिरीले ३५३ मत प्राप्त गरेका छन् ।