मोटरसाइकल चोरी गरेर बेच्ने घिसिङ प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार ०९:३९

काठमाडौं । मोटरसाइकल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई काभ्रेको बनेपा–१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङ रहेका छन् ।

घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।