मृग मारेको आरोपमा श्रेष्ठ पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार ०९:३३
सांकेतिक तस्बिर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई चैनपुर–७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । श्रेष्ठलाई अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाई राखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।