कांग्रेस मकवानपुर अधिवेशनः मनोनयन शुल्क ४ लाख ३९ हजार

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार २०:११

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा मनोनयन दर्ता शुल्क बापत ४ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ । निर्वाचनमा ४८ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । सोमबार भएको निर्वाचनमा पदाधिकारीको सभापतिमा तीन जना, उपसभापतिमा ७ जना, सचिवमा ६ जना, सह सचिवमा ७ जनाको उम्मेदवारी परेको थियो । त्यस्तै भूगोल तथा कल्स्टरमा गरी ९२ जना सदस्यहरुको उम्मेदवारी परेको थियो ।

सभापति पदमा उम्मेदवारी मनोनयन दर्ता शुल्क १० हजारका दरले ३० हजार उपसभापति पदमा ७ हजारको दरले ४९ हजार, सचिवमा ७ हजारको दरले ४२ हजार र सहसचिवमा ६ हजारको दरले ४२ हजार गरी पदाधिकारिमा १ लाख ६३ हजार संकलन भएको हो । यस्तै सदस्य पदका लागि ९२ जनाले तीन हजारका दरले मनोनयन दर्ता शुल्क २ लाख ७६ हजार संकलन भएको हो । जिल्ला अधिवेशनमा मनोनयन शुल्क बापत् ४ लाख ३९ हजार रुपैयाँ संकलन भएको हो ।