कांग्रेस मकवानपुर अधिवेशन : सकियो मतदान, केहीबेरमै मतगणना हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १९:५७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेसन अन्तरगत आज मतदान प्रक्रिया सकिएको छ । सोमबार साँझ ६ बजे नै मतदान प्रकृया सकीएको निर्वाचन अधिकृत गोपी प्रसाद सुबेदीले जानकारी दिए । सभापति सहित ४८ पदका लागि भएको निर्वाचनमा १ हजार ७ सय ७५ मत छ । कुल १८ सय ५३ मतदाता रहेकोमा ७८ जना मतदाता अनुपस्थित रहेको जनाइएको छ ।

मतगणना कार्य नेपाली काग्रेस पार्टी कार्यालयमा आज रातीबाट नै सुरु गर्नेे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पार्टी सभापति पदमा बुद्ध लामा, जयराम लामिछाने र आनन्द पराजुली प्रतिस्पर्धामा छन् । पहिलो चरणमा तीनै जना उम्मेदवारको ५१ प्रतिशत नपुगेको अवस्थामा दोस्रो चरणको निर्वाचन हुने जनाइएको छ । पहिलो चरणमा ५१ प्रतिशत मत नपुगे कांग्रेसको विधान अनुसार दोस्रो चरणमा निकटत्तम प्रतिद्वन्दीसंग प्रतिस्पर्धा हुने छ ।