वन्यजन्तुको ओखटेपहारसहित दुई जना पक्राउ
काठमाठौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट वन्यजन्तुको ओखटेपहारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले संखुवासभा र हुम्लाबाट वन्यजन्तुको ओखटेपहारसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले संखुवासभाको चैनपुर नगरपालिका–७ फलाटेका ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक र मृत गृग बरामद गरेको छ । श्रेष्ठलाई अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका–३ छप्रेला बजारबाट चितुवाको एक थान छाला र हड्डीहरू सहित एक जनालाई पक्राउ गरेको छ । सोही गाउँपालिका–४ उत्तीसैनी बस्ने ३७ वर्षीय सुनिल सार्कीलाई प्रहरी चौकी छप्रेला ताजाबाट खटिएको टोलीले उक्त छाला र हड्डीसहित पक्राउ गरेको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
