देशभर थपिए १८० कोरोना संक्रमित, भए ४०० जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १६:३५
filr-photo

काठमाडौं । नेपालमा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३४१ जनामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सो अवधिमा देशभरका ४०० जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको छ । तीमध्ये हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।