एमसीसी संसदमा पेश गर्नु देश र जनताप्रतिको गद्धारी हो, विपक्षमा मतदान गरौँ: भीम रावल
मकवानपुर । एमाले नेता भीम रावलले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्नु राज्यप्रतिको अपमान र जनताप्रतिको गम्भीर धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय संसदमा पेश गर्नु देश र जनताप्रतिकोे गद्दारी भएको बताए ।
उनले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरे । एमसीसी राष्ट्रिय हित र स्वाधीनताको विरुद्ध रहेको भन्दै नेता रावलले व्याख्यात्मक टिप्पणीबाट राष्ट्रविरोधी प्रावधान सच्याउँछु भन्नु धोका भएको बताए । उनले सबैलाई यसको विपक्षमा मतदान गर्न आग्रहसमेत गरे ।
