एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ परे गौतम

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १४:५७
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंमा बैंकको एटीएम फोर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलीखेल नगरपालिका–७ घर भई हाल सानो गौचरन बस्‍दै आएका २१ वर्षीय आकाश गौतम रहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

गौतमलाई शनिबार राति १ बजे काठमाडौंको नक्साल भवगतीस्थित सगरमाथा इन्स्योरेन्स भवनको भुई तलामा रहेको एनआईसी एसिया बैंकको एटीम फोर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।