कांग्रेस मकवानपुर : आज मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्ने

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार ०९:१५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन आज (आइतबार) बाट सुरु हुने भएको छ । जिल्ला अधिवेशन अन्तरगत आज पहिलो दिन उम्मेदवारहरुको मनोनयन दर्ता गर्नेदेखि अन्तिमनामावली प्रकाशन गर्ने कार्यसूची रहेको कांग्रेस जिल्ला निर्वाचन समिति मकवानपुरले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, अधिवेशनअन्तरगत आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता र साँझ ६ः३० बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यस्तै, भोलि फागुन १६ गते सोमबार बिहान ८ बजेबाट हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए । चुनावी कार्यक्रम हेटौंडा–१ चौकीटोलामा हुने निर्वाचन अधिकृत सुवेदीले बताए ।