यस्तो छ कांग्रेस मकवानपुरको निर्वाचन तालिका

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १९:३१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५ गते हेटौंडा १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० र मतदान फागुन १६ गते विहान ८ बजेबाट सुरु हुनेछ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न पदका आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कांग्रेसभित्र सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने पक्षमा पनि कसरत भइरहेको जनाइएको छ ।