कांग्रेसले फेरी सार्यो १० जिल्लाको अधिवेशन

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार ०८:३७

काठमाडौं । नेपाली कांग्रेसको १० वटा जिल्लाको अधिवेशन फेरी स्थगित भएको छ । कांग्रेसले बुधबार एक सूचना जारी गरी फागुन १५ गतेका लागि निर्धारित गरिएको १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको हो । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको जिल्ला अधिवेशन स्थगित गरेको हो । ती जिल्लाको अधिवेशन फागुन २० गते हुनेछ ।

यस्तै, महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ ।