८ जना जुवाडे पक्राउ
कञ्चनपुुर । कञ्चनपुुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार भीमदत्त नगरपालिका–४ बसपार्कको एक होटलमा जुुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भीमदत्त नगरपालिका–४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका–८ बस्ने २६ वर्षीय चक्र चन्द, वडा नम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय राजेश पन्तर होटल संचालक ३२ वर्षीय वीरेन्द्र सिंह रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ७९ हजार पाँच सय रुपैयाँ र तासको गड्डीसमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
