सत्ता गठबन्धनका नेताहरु प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्न सहमत

तु खबर संवाददाता
२०७८ फाल्गुन ८, आईतवार १३:०३

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सहमत भएका छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुने बताइएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले केही बुँदा संसोधन गरेर मात्रै एमसीसी सदन टेबुल हुने भन्दै विरोध गरिरहेका थिए ।