थप ३५० जनामा कोरोना पुष्टि, १२२७२ जना संक्रमणमुक्त
काठमाठडौं । नेपालमा थप ३५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार, सो अवधिमा पीसीआर विधिबाट १९८ जना र एन्टिजेन विधिबाट १५२ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, सो अवधिमा देशभरका १ हजार २७२ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ भने ११ हजार ९१७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ जना रहेका छन् । यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको छ ।
